दराज र इ–सेवाबीच सहकार्य गर्ने सम्झौता

डिसी नेपाल
१६ असार २०७७ १८:५८

काठमाडौं। दराज अनलाइइन र भुक्तानी सेवा प्रदायक इ–सेवाबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार दराज एपमा खरीद गरेको कुनै पनि सामानको लागि इ–सेवा मार्फत भुक्तानी गर्न सकिने इ–सेवाद्धारा जारी विज्ञप्तिमा जनाएको छ । सम्झौतापछि नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने बिज्ञप्तीमा उल्लेख छ।

यस अनुसार दराजमा इ–सेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इ–सेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्ने छ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ।

इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुने बिज्ञप्तीमा उल्लेख छ।
अनलाइन बजार दराजमा चार हजारभन्दा बढी विक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्।

दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *