योगेश भट्टराई भन्छन्ः संवाद गरौं

डिसी नेपाल
१६ असार २०७७ २१:३०

काठमाडौं। सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार नेताहरुले राखेको धारणाले नेपालको सत्ता राजनीतिमा केही परिवर्तन हुने चर्चा शुरु भएको छ।

खास गरी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले पार्टीको औपचारिक फोरममा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नयाँ राजनीतिक माहोल बन्ने देखिएको छ।

यही परिपेक्षमा नेकपा स्थायी कमिटी सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेताहरुलाई आपसी संवाद गर्न आव्हान गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय कमरेडहरु, एकपटक आँफैलाई हेरौं, अर्कालाई बुझौं, टाढा नजाऔं, नजिक आउँ, संबाद गरौ संबाद।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *