हिटलरको ग्यास च्याम्बर हो कि क्वारेन्टिन सरकार ?

डिसी नेपाल
१६ असार २०७७ २२:२८

खाडी मुलूकमा काम गर्नु रहर होइन, बाध्यता हो । जो युरोप, अमेरिका र अष्ट्रेलिया जस्तो पीआर र ग्रीन कार्डको प्रलोभनमा आफ्नो उज्जल भविश्यको सपना बोकेर गएका जस्तो हुँदैन । यहाँ आउँनेहरूको एउटै सपना हुन्छ, परिबार पाल्ने । बच्चा बच्चीलाई राम्रो स्कुलमा पढाउने, सानो व्यापार गर्न रकम जम्मा गर्ने र एउटा सानो घर बनाउने । तर सबै सपनाहरु कोरोनाले तहसनहस गरिदिएको छ । गाउँघरमा बनाइएको क्वारेन्टाइनको हरिविजोग सुन्दा कहाली लाग्छ ।

मैले खाडीको १० बर्षे बसाइमा भोगेका कुराहरू मात्र यहाँ बेलिविस्तार लगाउन चाहेको हुँ । सरकार ठगीले पराकाष्ठा नाघ्यो, कस्ले रोक्ने ? कस्ले छेक्ने ? अभिभावक आफै ठगी गर्नेलाई प्रोत्साहित गर्न अग्रसर भएपछि खाडी मुलुकमा श्रम गर्न आउनेहरुमध्ये धेरैजसो अहिले अभिभावकविहीन, देशविहीन भएर बाँच्नु परेको छ ।

जुनसुकै अवस्था किन नआओस र कस्तै बिपत्तको घडी किन नहोस, आफ्ना नागरिक फिर्ता हुन पाउनु पर्छ । तर यहाँ त उल्टो छ । आउन चाँही पाउने तर दुताबासको नामावली बमोजिम । पाँच सय डलर बराबरको हवाई टिकट आफै तिरेर त्यो पनि नामवलीमा पर्नै गाह्रो । यस्तो बिपत्तीको घडीमा हवाई माफियाहरूको ब्रह्मलूट छ । बिचरा हामी श्रमिक, श्रम गर्दा लाखौ श्रमीकले तिरेको रकम खै ? भन्दै फेसबुकमा पोष्ट गर्छौ । तर त्यो सामाजिक सञ्जाल र केही मिडियाका वालहरु भरिने काममा बाहेक अन्यत्र कुनै काम गरेको छैन ।

फ्री टिकट, फ्री भिषामा नेपाली श्रम बेचिन्छ् । आउँदा बिचौलीयाले खान्छ, एक लाख तीस हजार रुपैयाँ । अझ राम्रो तलब हुदाँ त चार लाख रुपैयाँसम्म तिरेर आउनु परेको छ । प्रश्न उठ्छ, किन तिरेको ? नतिर्दा जानै नपाउने, मेरो सरकारले रोजगार दिनै नसक्ने । सरकार अब के गर्ने ? दलाललाई तिरेको उजुरी दियो भने सरकार नै दलालसंग मिलेर सूचना चुहाउने र श्रमगर्ने यूवा र घरपरिवारलाई मानसिक पीडामा पार्ने । सरकारले म्यानपावरलाई कारवाही गर्दैन बरु मंत्री नै म्यानपावरले फेरी दिन्छन् भन्ने हल्ला भएपछि को बोल्छ ? तै चुप मैचुप ।

श्रम गर्नेको पीडा कस्ले बुझ्ने ?

श्रम स्वीकृत नगरी उ उड्न पाउदैन । श्रम गर्नै प¥यो । तर श्रम गरेर आएका श्रमिकको ज्यानको सुरक्षा नै नभए पछि, त्यो श्रमको के मूल्य ? आज संसार कोरोना नामको महामारीमा परेको बेला आफ्नै नागरिक स्वदेश आउनलाई रोक लगाइएको छ । जुनसुकै अवस्था किन नआओस र कस्तै बिपत्तको घडी किन नहोस, आफ्ना नागरिक फिर्ता हुन पाउनु पर्छ । तर यहाँ त उल्टो छ । आउन चाँही पाउने तर दुताबासको नामावली बमोजिम । पाँच सय डलर बराबरको हवाई टिकट आफै तिरेर त्यो पनि नामवलीमा पर्नै गाह्रो । यस्तो बिपत्तीको घडीमा हवाई माफियाहरूको ब्रह्मलूट छ । बिचरा हामी श्रमिक, श्रम गर्दा लाखौ श्रमीकले तिरेको रकम खै ? भन्दै फेसबुकमा पोष्ट गर्छौ । तर त्यो सामाजिक सञ्जाल र केही मिडियाका वालहरु भरिने काममा बाहेक अन्यत्र कुनै काम गरेको छैन ।
सरकारलाई के के सोध्नु ?

प्रश्नहरू यहाँ उठान गरी नसक्नु छ, एउटा भए पो सोध्नु !! प्रश्नै प्रश्न छ सरकारलाई ।

सुन काण्ड रे, सत्तरी करोड रे, बालुवाटारको जग्गा काण्ड रे, रुकुम काण्ड, मकवानपूर काण्ड अन्य कति कति ? काण्डको लेखाजोखा नभएको अवस्थामा अहिले यो आपतको घडीमा नि काण्ड नै छ । कोरोना मापन गर्ने यन्त्रमा चलखेल, सुन्दा पनि लाज लाग्ने । मानिसको मर्ने र बाच्ने दोसाधको अवस्थामा नि ब्रह्मलूट । यस्ता कयौं यावत प्रश्नहरू छन्, जस्को कुनै जवाफ छैन । नहोस पनि । चाहिएन पनि । तिम्रा जवाफ एउटै हुनेछन्–‘ सरकारले छानबिन गरीरहेको छ ।’ अझ अर्को जवाफ पनि आएको प्रधानमंत्रीबाट, ‘भ्रष्टचार भएकै छैन् ।’ मंत्री परिषदमा निर्णय गरेर गरिएको संस्थागत भ्रष्टाचार अख्तियारले खोज्न नपाउने । यस्तो पनि हुन्छ ? भ्रष्टाचारी नै सरकारमा भएपछि के गर्ने ? अख्तियार पनि सानो माछा मात्र समाते जस्तो गर्छ । वा ठूला माछाको इशारामा विपक्षी ठूला माछालाई फसाउँदा खुसी हुन्छ । त्यसैले अब सरकारलाई पनि सोध्न मन छैन ।

मलाई अहिले एउटै प्रश्नको जबाफ पाए पुग्छ । सरकार, यो कस्तो क्वारेन्टीन् ?

साह्रै समस्यामा परेपछि कर्जा गरेर भए पनि केही नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

जसो तसो पाँच सय डलर, यु. ए. इ. दिराम अठार सय चालीस जम्मा गरेर टिकट काटियो । लाग्थ्यो, यो अर्काको मुलूक के पर्छ कसो पर्छ । उद्धारको नाममा ब्रह्मलूट नै भए पनि आफ्नो देश त पुगिन्छ । यहाँ पूर्णरुपमा सुरक्षित साथ राखेर नेपाल पठाउन पाए–‘ नेपाल त आफ्नो देश, गाउँ–ठाउँ ।’ यहाँ भन्दा त्यहाँ शुरक्षित भन्ने हिसाबले दुई महिनाको बच्चा र आमालाई नेपाल पठाइयो । आफ्नै गाँउ, तर जनताले मत दिएर दुई तिहाई ल्याएको सरकारले उल्टो जनतालाई दुई तिहाईको धमास देखाई दियो । मैले पत्रकार साथीभाईलाई– ‘लौ न त्यहाँ यस्तो–यस्तो सुनिरा छु । गएर एक पटक बुझिदिनुस ।’ मलाई थाहा थिएन कि, पत्रकारहरूलाई बुझ्न र लेख्न पैसा दिनु पर्दो रहेछ । यो मानेमा मैले सबै पत्रकारीता पीत पत्रकारीता हुन भन्न खोजेको होईन । मैले चिनेका मध्येका एकाध । यस्तो जवाफ पाएपछि दुःख लाग्यो ।

पत्रकारले लेखेपछि सुध्रिएला क्वारेन्टिन भन्ने लागेर नै भनेको हो । आफू विदेशमा छु । दुईमहिनाको बच्चा र सुत्केरी आमालाई आफ्नो स्वर्गको देश नेपाल पठाएको छु । तर क्वारेन्टीनको कथाले झस्किनु परेको छ । क्वारेन्टिनमै उपचार नपाएर मानिस मरिरहेका घटनाहरु सार्वजनिक हुनथालेपछि हामी विदेशमा बस्ने श्रमिकहरुको होस हवास उड्न थालेको छ ।

मैले नबुझेको क्वारेन्टिन ?

यहाँबाट सुरक्षित पठाएर के गर्नु ? गाउँको क्वारेन्टिन त पशुलाई जस्तो बथानमा राखे पछि । पशुलाई बरु साँझ,विहान, दिउसो रेख देखि गरिन्छ । माया गरिन्छ । तर यहाँ त माया छैन आतंक छ । डर छ, त्रास छ, विभेद छ, झाराटार्ने प्रबृत्ति छ ।

त्यो कस्तो क्वारेन्टिन हो ? कुन बच्चा ? कुन सुत्केरी ? कुन देशबाट आएका, कुनै लेखाजोखा नगरी एकै कोठामा राख्ने, क्वारेन्टिन कि हिटलरको मान्छे मार्ने ग्याँस च्याम्बर ? यहाँ त कोरोना नलागेकालाई पनि लाग्ने भयो । सरकारले सुरक्षित क्वारेन्टिन बनाउन नसक्ने हो भने, ति ज्यानहरू जो बाँच्ने आशामा नेपाल आए तिनीहरूको ज्यानको ग्यारेन्टी कसले लिने ? सरकारको क्वारेन्टिन भन्दा त घरको क्वारेन्टिन नै सुरक्षित देखियो ।

कुन बच्चा कुन सुत्केरी नभनी सँगोलमा राखियो । क्वारेन्टिन बस्नेहरूमा कोही कुबेत का थिए त कोही साउदी । अलग–अलग देश, अलग–अलग परिवार, भेडा, बाख्रा जस्तो एउटै कोठामा राखियो अनि नाम दिईयो– क्वारेन्टिन ? धत् यस्तो क्वारेन्टिन बनाउनेलाई कसले संझाउने ? हौवामा देश गइरहेको छ । प्रधानमंत्रीलाई बेसारको पक्षमा प्रतिवाद गर्दै फुर्सद छैन । सत्ता गिराउने र जोगाउने खेलमा ठूला नेता लागेका छन् । हामी घर परिवारलाई सुखी राख्ने सपनामात्रै देख्नेहरुको देशमा कुनै मूल्य छैन । पशुको जति पनि मूल्य नभएको अहिलेको क्वारेन्टिनको अवस्थाले देखाएको छ । सरकार तिमी केही गर्न सक्दछौ ? सरकारलाई फेरि पनि गुहार्छु । कसलाई गुहार्नु ? हे सरकार घरमै जान देऊ । सबैलाई आफै घरमा भएको क्वारेन्टाइनले नै जीवन रक्षा हुन्छ । क्वारेन्टाइनको आतङ्कले रोग विनै धेरै मर्ने छन् । होस गर सरकार । होस गर ।

त्यो कस्तो क्वारेन्टिन हो ? कुन बच्चा ? कुन सुत्केरी ? कुन देशबाट आएका, कुनै लेखाजोखा नगरी एकै कोठामा राख्ने, क्वारेन्टिन कि हिटलरको मान्छे मार्ने ग्याँस च्याम्बर ? यहाँ त कोरोना नलागेकालाई पनि लाग्ने भयो । सरकारले सुरक्षित क्वारेन्टिन बनाउन नसक्ने हो भने, ति ज्यानहरू जो बाँच्ने आशामा नेपाल आए तिनीहरूको ज्यानको ग्यारेन्टी कसले लिने ? सरकारको क्वारेन्टिन भन्दा त घरको क्वारेन्टिन नै सुरक्षित देखियो ।

क्वारेन्टिनमा राखिएकाहरुको पहिलो कोरोना परीक्षणको परिणाम आउँछ । कोठामा सँगै बसेका मध्येका बिचमा एउटालाई पोजेटिभ र बाँकीलाई नेगेटिभ हुन्छ । अब मेरो प्रश्न ?

नेगेटिभ परिणाम आउने ती ज्यानहरू घर जान पाउने कि नपाउने ? बाँकी नेगेटिभ परिणाम आउनेहरू जोखिमको भागिदार भए कि भएनन् ? त्यो दुई महिनाको बच्चा र सुत्केरीको ज्यानको ग्यारेन्टी कस्ले लिने ? दोस्रो चरणको परिणाममा पोजेटिभ देखिए, तेस्को जिम्मेबारी कस्ले लिने ? कि क्वारेन्टिनमा मरेका सदालाई जस्तो मरिसकेपछि पाँच लाखमा टाटो मार्ने ? एउटा ज्यानको मूल्य पाँच लाख हो त ?

बुद्धु म पनि !!

कस्लाई प्रश्न सोधीरहेको छु ? जुन सरकार, जसलाई जनताले विश्वास गरेर दुई तिहाईको सरकार बनाइदियो र पछि त्यही दुई तिहाईको धमास देखाइरहेको सरकारलाई ? जुन सरकार अब केहि सुन्नै चाहदैन । जुन सरकार अब केहि हेर्नै चाहदैंन । रेमिटान्सले धानेको देश जो क्वारेन्टिनको नाममा हिटलरको ग्याँस च्याम्बर थापेर बसिरहेको छ । देश बचाउने श्रमिकहरू कतिखेर आउलान् र हिटलरको ग्याँस च्याम्बरमा हालौंला भनेर । पत्रकारले नलेखिदिए पछि आपैmले लेखे । त्रुटी होलान् होस त । तर लेख्नै प¥यो । न खाँउ भने दिन भरीको शिकार, खाँउ त कान्छा बाको अनुहार । अहिले खाडीका तमाम श्रमिकहरूलाई त्यस्तै भएको छ । यहाँ बसौ, कामधाम छैन, भोकै मर्ने पीर छ । जाऊँ, हिटलरको ग्याँस च्याम्बरमा परिने भन्ने पीर । मेरो सरकार, यो कस्तो क्वारेन्टाइन् ?

कृष्ण पारस दुलाल
मोतिगडा ३, गाईघाट, उदयपुर
हाल– खाडी मुलूक दुबई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *