सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

डिसी नेपाल
३० वैशाख २०८३ ११:०३

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान १०ः३० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएका छन्।

नियमित प्रक्रियाअनुसार बस्न लागेको यस बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, कर्मचारी प्रशासनका निर्णयहरू र देशको समसामयिक राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ।

विभिन्न मन्त्रालयबाट प्राप्त भएका प्रस्तावहरूमाथि निर्णय गर्न र सरकारको आगामी रणनीति तय गर्न यो बैठक केन्द्रित रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *