महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो

डिसी नेपाल
१७ असार २०७७ ८:०३

बेइजिङ। विश्व महामारी बनेका कोरोनाले ५ लाखको ज्यान लिइसकेको छ । यसको उपचारका लागि कुनै अचुक विधि आएको छैन । सम्भवतः यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप वा औषधि आउने अनुमान गरिएको छ । कोरोनाको खोप आउला र यसमाथि विजय प्राप्त पनि होला । तर कोनारा नै महामारी फैलाउने अन्तिम भाइरस भने होइन ।

चीनका वैज्ञानिकहरुले कोरोना भाइरसले जस्तै महारमारीको रुप धारण गर्न सक्ने रुघाको नयाँ भाइरस पत्ता लगाएका छन् ।

जी४ईए एच१एन१ नाम दिइएको यो भाइरस सुँगुरमा हालै मात्र पत्ता लागेको हो । यो भाइरसले मानवलाई पनि संक्रमित गर्ने क्षमता राखेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार यो भाइरस थप म्युटेट भएर सजिलै एक मान्छेबाट अर्कोमा फैलिन सक्ने समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *