नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी
काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सीमा विवाद र सरकारको कामका बारेमा छलफल हुने कार्यसूची छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्य मध्य १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए। स्थायी कमिटीमा अल्पमतमा परेका ओलीमाथि राजीनामा दिनुपर्ने दबाव बढिरहेको छ।
स्थायी कमिटीमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले बुधबार विहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग परार्मश गरेका थिए। सदस्यहरुले ओलीलाई पार्टीभित्रका विवाद समाधान गर्दै सबैलाई एकताबद्ध बनाएर लैजान भूमिका निर्वाह गर्न सदस्यहरुले सुझाव दिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment