फिफा अर्वाडको लागि फ्यानहरुको रोजाईमा रोनाल्डो मेस्सी भन्दा अगाडी

डिसी नेपाल
१७ असार २०७७ १३:०७

काठमाडौं । फुटबल जगतका सर्वकालिन महान खेलाडी मध्ये एक लियोनल मेस्सीको करियर अहिले खराब चरणहरु बाट गुज्रिरहेको छ। एकतर्फ उनको सम्बन्ध आफ्नै क्लब बार्सिलोनाका साहायक कोच ईडेर सार्बिय संग खराब हुदै गएको छ भने अर्कोतर्फ उनले गोल गर्न सकिरहेका छैनन । यस्तो अवस्थामा फ्यानहरुले पनि उनको रेटिङ कम गरेका छन । फुटबलको चर्चित वेवसाईट गोल डटकमबाट दिईने प्रतिष्ठित फिफा ‘बालेन डि ओआर’ अवार्डको र्‍याकिङमा फ्यानहरुको कम रेटिङका कारण मेस्सी क्रिस्टियानो रोनाल्डो भन्दा पछाडि परेका छन ।

पछिल्लो एक दशक भन्दा बढी समयसम्म विश्व फुटबलमा मेस्सी र रोनाल्डोको प्रभुत्व कायम रहदा फिफाका सर्वश्रेष्ठ प्लेयरको लागि ‘बालेन डी ओआर पुरस्कार यी दुई खेलाडीहरू बीच बाँडिएको छ। ६ महिना अघि छैटौं पटक ‘बालेन डि ओआर’ अवार्ड जितेका मेस्सीको तुलनामा रोनाल्डोले यो अवार्ड ५ पटक जितेका छन। जस अनुसार दुबै खेलाडीले गत १२ सत्रमा यो अर्वाड ११ पटक साझेदारी गरेका छन्।

यद्यपि यस पटक रेटिङको हिसाबले मेस्सी र रोनाल्डो बिरुद्ध सबैभन्दा ठूलो दावेदारको रूपमा रोबर्ट लेवन्डोव्स्की देखा परेका छन। लेवन्डोव्स्की पछि रोनाल्डो दोस्रो नम्बरमा छन् भने मेसी फ्यानहरूको छनौट अनुसार चौथो नम्बरमा रहेका छन्। शीर्ष १० खेलाडीमध्ये तेस्रो नम्बरमा केभिन डि ब्रुयिन पाचौं नम्बरमा थॉमस मुलर छैठो नम्बरमा करीम बेन्जेमा सातौं नम्बरमा नेमार आठौं स्थानमा एर्लिङ होल्यान्ड नवौं नम्बरमा कैलिन मबापे र दशौं नम्बरमा जादोन सान्को रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *