सात सय गोल पुरा गर्दे मेस्सीले रचे ईतिहास

डिसी नेपाल
१७ असार २०७७ १३:४३

काठमाडौं । फुटबलर विजार्ड लियोनेल मेस्सीले इतिहास रचेका छन।उनले आफ्नो ब्यवसायिक जीवनको ७०० औं गोल पुरा गरेका छन। ला लिगा अन्र्तगत मंगलवार राती बार्सिलोना र एट्लिटि म्याड्रिड बीचको खेलमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो करियरको सात सय गोल पुरा गरे ।

मेस्सीले आफ्नो व्यावसायिक क्यारियरमा ७०० औं गोलको साथ नयाँ माइलस्टोन हासिल गरेको छन। मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना र क्लब फुटबलमा बार्सिलोनाले गरेको गोल जोडेर विश्वको सर्वश्रेष्ठ फुटबलर मेस्सी ७०० गोलमा पुगे।

मेस्सीले ७०० गोल पुरागर्न ८६० खेल खेलेको छन। व्यवसायिक फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान अस्ट्रियाका जोसेफ बीकनको नाममा रहेको छ। उनले आफ्नो करियरमा ८०५ गोल गरेका छन। ब्राजिलका महान फुटबलर रोमारियो र फुटबल सम्राट पेले यस सूचीमा ७७२ र ७६७ गोलका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *