रोनाल्डोको शानदार गोल मार्फत जुभेन्टस द्वारा जिनोआ पराजित

डिसी नेपाल
१७ असार २०७७ १४:२५

काठमाडौं । ईटालीयन सिरी ए मा जुभेन्टसले जिनोआलाई ३–१ ले पराजित गर्दै उपाधि तर्फ एक कदम अघि बढेको छ । साथै लैजियोले तोरिनालाई पराजित गर्दै ३ अंक आफ्नो खातामा जोडन सफल भएको छ । समाचार एजेन्सीहरुका अनुसार जुभेन्टसका लागि टिमका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, पाउलो डायबला र डगल्स कोस्टाले समान एक–एक गोल गरेका थिए । जिनोआका लागि एकमात्र गोल पिनामोन्टिले गरेका थिए ।

पहिलो हाफ गोलरहित खेलेको जुभेन्टसले दोस्रो हाफमा ३ गोल गरेको थियो । जुभेन्टसका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा पाउलो डायबलाले गरेका थिए । लगतै ६ मिनेटपछि रोनाल्डोले मिडफिल्डबाट अगाडी बढदै सानदार गोल गरे । जुभेन्टसका लागि डगल्स कोस्टाले खेलको ७२ मिनेटमा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

लिगको अन्य खेलमा लैजियोले सिरो इम्मोबाइल र मार्को पारोलोको गोलमा तोरिनालाई पराजित गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *