नेकपा विवादः नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव !

डिसी नेपाल
१७ असार २०७७ २०:५४
32
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहूले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।

स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ। स्रोतले भन्यो, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।’

ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन। तर, यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताए। उनले डिसी नेपालसँग भने, ‘अहिले अवस्था र व्यवस्थाअनुसार ओली नै अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ।’

नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *