प्रचण्डसँग छलफल गर्न ओली निकट नेताहरु खुमलटारमा

डिसी नेपाल
१८ असार २०७७ १०:१२

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्शका लागि आफू निकट नेतालाई खुमलटार पठाएका छन्।

बिहीबार विहान आठ बजेदेखि प्रचण्ड निवास खुमलटारमा ओली निकट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु र प्रचण्डबीच छलफल जारी छ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डसँग छलफल गर्न आफू निकट नेतालाई खुमलटार पठाएका हुन्।

बुधबार राति प्रचण्ड–नेपाल पक्षधरको भेलामा बहुमत संख्यामा स्थायी कमिटी सदस्य सहभागी भएको र भेलामा अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने बताएका थिए। स्रोतका अनुसार पार्टीका अधिकांश कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले प्रचण्डसँग लेनदेनका आधारमा विवाद सुल्झाउन चाहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *