प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
बिहीबार १२ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएको स्रोतले जनाएको छ। पार्टीभित्रको विवाद बढिरहेका बेला प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।
स्रोतका अनुसार मन्त्रिपरिषद बैठकमा संसद अधिवेशन अन्त्य गर्ने विषयमा समेत छलफल हुनेछ। ‘संसदको विजनेश सकिएकाले अब संसद बैठक लम्ब्याउनु हुँदैन भन्ने धेरै सुझाव आएका छन्, ’ सं्रोतले भन्यो, ‘सरकारलाई पनि अब संसदको बजेट अधिवेशन अन्त्य गर्नुपर्छ भन्ने महशुुस भएको छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment