आईसीसी अध्यक्ष द्वारा राजीनामा

डिसी नेपाल
१८ असार २०७७ १०:५९

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष शशान्क मनोहरले बुधवार अध्यक्ष पदबाट राजीनामा दिएका छन । आईसीसीको पहिलो स्वतन्त्र अध्यक्ष बनेका शशान्कले सन २०१५ देखी आईसीसी अध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । उनले सन २००८ देखी २०११ सम्म बीसीसीआईको अध्यक्ष पद सम्हालेका थिए । यद्यपि आईसीसीको नियममा उनको अध्यक्ष पद अझै दुई बर्षको बढाउन सकिने प्रावधान रहेको छ ।

नयाँ अध्यक्ष चयन नहुन्जेल सम्म उपाध्यक्ष ईमरान ख्वाजाले आईसीसीको अध्यक्ष पद सम्हाल्ने छन । आईसीसीका अनुसार शशान्कले दुई पटक आफ्नो कार्यकाल पुरा गरेर राजीनामा दिएका हुन । बोर्ड बैठकका अनुसार तत्कालिन अध्यक्ष पद ईमरान ख्वाजाले सम्हाल्ने छन ।

आईसीसीका अनुसार आगामी हप्ता बस्ने बोर्ड बैठकले नयाँ अध्यक्षको चयन गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *