रियाल मड्रिडको महिला फुटबल टोली घोषणा

डिसी नेपाल
१८ असार २०७७ ११:५९

काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिडले छुट्टै महिला फुटबल टोली तयार गरेको छ । मड्रीडमा रहेको क्लव टाकुनलाई ३ लाख यूरोमा खरिद गरेको रियालले रियाल मड्रीड फेमिनिनो नाम दिएर क्लवको महिला टोली तयार भएको घोषणा गरेको हो ।

⚽ THE NEXT CHAPTER: Real Madrid C.F.EL SIGUIENTE CAPÍTULO#RealMadrid | #HalaMadrid

Posted by Real Madrid C.F. on Wednesday, 1 July 2020

छुट्टै महिला टोली तयार गर्ने रियालको यो कदमको सबैले स्वागत र प्रशंसा गरेका छन् । महिला फुटबल टोलीको घोषणा सन्दर्भमा जारी गरेको विज्ञप्तिमा रियालले खेलक्षेत्रको विकास र उन्नतीका लागि योगदान गर्ने प्रयास गरेको बताएको छ ।

क्लवका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सबैले गर्व गर्न सक्ने टोली तयार गर्ने समय आएको उल्लेख गरेका छन । यूरोपका धेरै शीर्ष क्लवहरुले छुट्टै महिला टोली बनाएका भए पनि रियालले भने बनाएको थिएन ।

अब महिला टोली तयार गर्न बाँकी यूरोपको नाम चलेका क्लवहरुमा जर्मनीको चर्चित बोरुसिया डर्टमण्ट छ । पुरुष फुटबल लिग संगै यूरोपमा क्लवहरुबीच महिला लिग पनि सञ्चालन हुदै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *