सङ्गाकारा, जयवर्द्धने सहित चार खेलाडीलाई छानबिन समितिसमक्ष उपस्थित हुन निर्देशन

डिसी नेपाल
१८ असार २०७७ १६:४०

काठमाडौं । श्रीलङ्काको खेलकुद मन्त्रालयले विश्वकप क्रिकेट २०११ मा ‘म्याच फिक्सिङ’ प्रकरणमा कुमार सङ्गाकारा, माहेला जयवर्द्धने, अरविन्द डी सिल्भा र उपुल थरङ्गालाई छानबिन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । श्रीलङ्काका तात्कालीन खेलकुदमन्त्री महिन्दानन्द अलुथगमागेले २०११ को विश्वकप क्रिकेटमा श्रीलङ्काली क्रिकेट टोलीले म्याच फिक्सिङ्ग गरेको आरोप लगाएपछि विशेष अनुसन्धान समिति गठन गरिएको हो ।

तात्कालीन खेलकुद मन्त्री महिन्दानन्दले आफूसमक्ष म्याच फिक्स गरेको प्रमाण रहेको दाबी गरेका छन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भने उक्त तथ्यबारे हालसम्म कुनै चासो देखाएको छैन । श्रीलङ्कामा आगामी महिना संसदीय चुनाव हुँदैछ । महिन्दानन्दले चुनावमा पुनः उम्मेदवारी दिँदैछन ।

श्रीलङ्काली क्रिकेट टोली विश्वकप क्रिकेटको फाइनलमा चार परिवर्तन गरेको थियो । एन्जेलो म्याथ्युजलाई अन्तिम एघारमा स्थान दिइएन । खेलकुद मन्त्री महिन्दानन्दले भने उक्त परिवर्तनलाई लिएर तात्कालीन कप्तान, उपकप्तान र प्रमुख चयनकत्र्तामाथि आशङ्का व्यक्त गर्दै आएका छन । सङ्गाकारा त्यत्ति बेला श्रीलङ्काली क्रिकेट टोलीका कप्तान थिए । जयवर्द्धने उपकप्तान, डी सिल्भा प्रमुख चयनकर्ता थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *