पद्धति मिचेर जोरीपारीलाई हँसाइयो : पोखरेल

डिसी नेपाल
१८ असार २०७७ १९:०५

काठमाडौं। सत्तारुढ दल नेकपामा अहिले विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहबीच तिब्र विवाद भइरहँदा नेकपा नेताहरु सामाजिक सञ्जालमा पनि सक्रिय देखिएका छन्।

यहीबीचमा पार्टी सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार साँझ ट्वीटरमा ट्वीट गर्दै पार्टी भित्रको विवादले जोरीपारीलाई हँसाइएको बताएका छन्। उनले लेखेका छन्, ‘पद्धतिको सीमा मिचेर , जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी।’

नेकपा स्थायी कमिटी बैठक आगामी शनिबार बस्ने गरी स्थगित भएको छ।

बैठमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद चर्किएको छ। बिहीबार सरकारले संसदको अधिवेशन अन्त्य गरेर विवाद झन बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *