नेकपा विभाजनतर्फ गएको आशंका, यस्तो छ कम्युनिस्ट फुटको इतिहास

काठमाडौं। सत्तारुढ दल नेकपाका भित्रको विवाद झन चर्किएपछि कतै नेकपा विभाजन हुन्छ की भन्ने चर्चा शुरु भएको छ। यही असाढ १० गते शुरु भएको पार्टीको स्थायी कमिटी बैठक बिहीबारसम्म आइपुग्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी इतर समूहबीच विवाद झन चर्केको छ। बिहीबार संसदको अधिवेशन अन्त्य गरिएपछि विवादले फुटको रुप त लिने होइन भन्ने चर्चा शुरु भएको हो। बिहीबारसम्मको अवस्था हेर्दा यसै हुन्छ भन्न सकिने अवस्था छैन।

शुक्रबार नेताहरुबीच छलफल हुनेछ। र ती छलफल नै नेकपाको आगामी दिनहरुलाई एक दिशा दिने अपेक्षा गरिएको छ। नेकपा स्थायी कमिटीको अर्को बैठक आगामी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। सो बैठक बस्नुअघि नै नेताहरुबीच सहमति जुटाउने प्रयास गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

नेकपा विभाजन हुन्छ हुँदैन त्यो भविश्यले बताउला तर, यहाँ नेपालमा कम्युष्टि पार्टीको विभाजको इतिहासबारे स्मरण गर्न खोजिएको छ। २००६ सालमा स्थापना भएको नेकपामा त्यसयता फुट र जुटको लामो इतिहास छ।

पुष्पलाल श्रेष्ठ,नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी नेकपाका संस्थापक नेता हुन्। पहिलो पटक नेकपा राजा महेन्द्रको ‘कू’ पछि विभाजन भएको हो। तत्कालीन नेकपा महासचिब केशरजंग रायमाझीले राजाको कदमलाई स्वीकार गरेपछि तत्कालीन नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र तुलशीलाल अमात्य अलग्गिएका थिए। महेन्द्रको ‘कू’ पछि निष्प्रभावी बनेका कम्युनिस्ट २०२३ पछि मेची कोसी प्रान्तीय कमिटी र केशरजंगको समूहबीच विभाजन भयो। २०२४ मा पुष्पलाले नेकपाको तेस्रो महाधिवेशन गराए। त्यो पनि २०२५ मा विभाजन भयो। पुष्पलाल र तुलशीललाबीच विभाजन भएको थियो।

त्यसपनि दुईवटा कम्युनिष्ट धार देखिए। सीपी मैनालीले नेतृत्व गरेको झापा जिल्ला कमिटी र मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्यूक्लियस। २०३५ मा नेकपाका संस्थापक पुष्पलालको निधन भयो। यहीबीचमा मदन भण्डारी वामदेव गौतहरुले मुक्ति मोर्चा गठन गरेका थिए। उता झापा जिल्ला कमिटीले आफूलाई रुपान्तरण गरेर अखिल नेपाल कोअर्डिनेशन कमिटी बनाएको थियो, जुन २०३५ मा सीपी मैनालीको नेतृत्वमा नेकपा ९माले०का रुपमा पार्टी बन्यो।

२०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) गठन गरियो। पुष्पलालको निधनपछि उनले नेतृत्व गरेको नेकपालाई उनकी श्रीमती सहाना प्रधानलगायतले चलाए, जसको २०४३ मा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो। र यो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) राखियो।

२०४६ सालमा माले र माक्र्सबादीसहित साना कम्युनिस्ट पार्टी मिलेर बाम मोर्चा बन्यो, जसको नेतृत्व सहाना प्रधानले गरिन्। यही बाम मोर्चा र काँग्रेस मिलेर २०४६ सालको जन आन्दोलन गरेका थिए, जुन सफल पनि भयो। जनआन्दोलन सफल भएपछि माले र माक्र्सवादीबीच पार्टी एकता एभर नेकपा (एमाले)को जन्म भयो। महासचिब मदन भण्डारी भए। जसले जनताको बहुदीय जनवाद सिद्धान्त ल्याएर कम्युष्टि पार्टीलाई पनि बहुदलीय प्रतिष्प्रधामा जान बाटो खोले।

२०५४ मा महाकाली सन्धीलाई लिएर नेकपा (एमाले)मा विवाद भयो। जसले गर्दा वामदेव गौतम, सीपी मैनाली लगायतले पार्टी विभाजन गरेर नेकपा (माले) बनाए। नेकपा माले अझै अस्तित्वमा छ। वामदेव भने विभाजनको पाँच वर्षपछि एमालेमै फर्किए।

एमालेसम्मको विकासक्रम यता हुँदा अर्कोतर्फ पनि अर्को कम्युनिस्ट घटकमा पनि उथलपुथल भइरहेको थियो। मनमोहन सिंहको चौथो महाधिवेशन २०४० मा विभाजन भयो। निर्मल लामाले सो विभाजन ल्याएका थिए। लामाको नेतृत्वमा नेकपा (चौम) र मोहन विक्रम सिंहको नेतृत्वमा नेकपा मसाल पार्टी गठन भयो। मसालको पाँचौ महाधिवेशनपछि मसालमा पनि विभाजनहरु भए।

२०४१ मा मोहन विक्रमसिंहले पार्टी विभाजन गरे। र नेकपा मसाल नामको पार्टी गठन गरे। अर्कोतर्फ नेकपा मशालको नेतृत्व मोहन वैद्य किरणले गरेका थिए।
२०४५ सालमा नेकपा मशालको महामन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने। चौथो महाधिवेशनबाट बनेका मशालहरु फुट्दै विभिन्न पार्टीका रुपमा उदाय। यी पार्टीहरु २०४६ सालमा बनेको वाम मोर्चामा भने सहभागी भएनन्। उनीहरुको छुट्टै मोर्चा बन्यो। नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए।

बहुदलपछि प्रचण्डले नेतृत्व गरेको मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाइयो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए।

२०५१ मा यो पार्टीमा पनि विभाजन आयो। प्रचण्डको नेतृत्वमा एकता केन्द्रको नाम परिवर्तन गरेर नेकपा माओवादी राखियो। जसले १० वर्षे सशस्त्र द्वन्द्व गर्यो। उता निर्मल लामाले पार्टी नै छोडे।

नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेलहरुले छुट्टै पार्टी नेकपा (एकता केन्द्र) बनाए। २०५९ मा मोहनविक्रम सिंहको नेकपा मसाल र नारायणकाजीको एकता केन्द्रबीच एकीकरण भयो। यो पार्टी फेरि २०६३ मा विभाजन भयो। नारायाण्काजीहरु नेकपा माओवादीसँग पार्टी एकतामा गए। शान्ति प्रक्रिया शुरु भइसकेपछि नारायणकाजीको माओवादी प्रवेशपछि पार्टीको नाम नेकपा एमाओवादी भयो। जसको नेतृत्व प्रचण्डले गरे। त्यसपछि यो पार्टीमा चित्रबहादुर केसीसँग असहमति राख्ने डिलाराम आचार्यहरु पनि मिसिए। यसपछि यो पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भयो।

यसैबीचमा मोहन वैद्य किरणले नेकपा (माओवादी केन्द्र) मा पनि विभाजन गरे। उनले क्रान्तिकारी माओवादी पार्टी गठन गरे। यो पार्टीबाट पनि छुट्टिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भुमिगत छ, जसमाथि सरकारले प्रतिबन्ध लगाएको छ।

यसपछि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (एमाले) र प्रचण्डले नेतृत्व गरेको (माओवादी केन्द्र) बीच २०७४ को आम निर्वाचनमा चुनावी गठबन्धन भयो। गठबन्धन भारी बहुमतका साथ विजय भएपछि २०७५ जेठ ३ गते यी दुई पार्टीबीच एकता भएर नेकपा (नेकपा)को जन्म भयो। जुन अहिले विभाजनको संघारमा पुगेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो