पार्टी एकता जोगाउने कर्तव्य दुबै अध्यक्षको हो : शंकर पोखरेल

डिसी नेपाल
१८ असार २०७७ २२:१९

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि विभाजनसम्म हुने आशंका बढिरहेका बेला पार्टी नेताहरुले पार्टी एकता जोगाउनुपर्ने बताएका छन्। बिहीबार दिनभर नेकपा र सरकारमा भएका गतिविधिले नेकपा संकटफर्त अगाडि बढेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नै बताइसकेका छन्।

पार्टीका शीर्ष नेताहरुबीच विवाद चुलिँदा पार्टीका दोस्रो तहका नेताहरुले भने पार्टी एकतामा जोड दिएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षा गर्ने कर्तव्य दुबै अध्यक्षको भएको बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट मानिएका पोखरेलले लेखेका छन्, ‘पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो। हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो।’

नेकपाको जारी स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद चर्केको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *