बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

डिसी नेपाल
१९ असार २०७७ ८:१४

मुम्बई। बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार राति निधन भएको छ। ७१ वर्षीया खानको हृदयघातबाट निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनले करिव दुई हजार गीतमा कोरियोग्राफ गरेकी थिइन्।

श्रीदेवी र माधुरी दीक्षितसहित बलिउडका ठूला नायिकासँग उनले काम गरेकी थिइन्। उनको अन्तिम संस्कार शुक्रबार मलाडको मलवानीमा गरिने भएको थियो।

उनको निधनसँग उनका पति बी. सोहनलाल, छोरा हमिद खान र दुई छोरी हिना र सुकन्या सँगै थिए। उनी राष्ट्रिय अवार्डबाटसमेत सम्मानित भएकी थिइन्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *