बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता सकारात्मक

डिसी नेपाल
१९ असार २०७७ १४:०६

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटार भएको छलफल शक्ति बाँडफाँडका विषयमा केन्द्रित भएको बताइएको छ।

उक्त छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। २०७५ जेठ ५ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुनु अघि भएको पाँच बुँदे सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख थियो।

उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।  शुक्रबार दुई अध्यक्षबीच जारी बैठकमा पौडेल र शर्मा सहभागी हुनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

स्रोतका अनुसार बैठकमा दुई अध्यक्षबीच शक्ति बाँडफाँडका विषयमा लिखित सहमति गर्ने तयारी भएको छ। मन्त्रिपरिषद हेरफेर, सहमतिका आधारमा राजनीतिक नियुक्त र पार्टीको निर्देशन अनुसार सरकार संचालन गर्ने लगायतका विषयमा भएको छलफल सकारात्मक भएको छ।

मदन भण्डारी जन्म जयन्तिका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले आफूलाई सरकारबाट हटाउन लागेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई दिएर जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो।

बिहीबार प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेकपा विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ। पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेता सक्रिय भएका छन्। शुक्रबार नेकपा दोस्रो तहका नेताबीच भएको छलफलले सहमति गर्न शीर्ष नेताहरुलाई खबरदारी गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *