लिभरपुलको म्यान्चेष्टर सिटीविरुद्ध ठूलो हार

डिसी नेपाल
१९ असार २०७७ १५:४९

काठमाडौं । इंग्लीश प्रिमियर लिगको विजेता घोषित भएपछिको पहिलो खेलमै लिभरपुलले म्यान्चेष्टर सिटीविरुद्ध ठूलो हार बेहोरेको छ । साबिक विजेता म्यान्चेष्टर सिटीले लिभरपुललाई ४–० को फराकिलो अन्तरले हराएको छ ।

म्यान्चेष्टर सिटी चेल्सीबाट पराजित हुँदा गत साता लिभरपुलले आफ्नो ३० वर्षको प्रतिक्षालाई विराम दिँदै प्रिमियर लिगको विजेता घोषित भएको थियो । प्रिमियर लिगको विजेता घोषित भएपछि म्यान्चेष्टर सिटीले खेल सुरु हुनुअघि घरेलु मैदानमा सम्मान स्वरुप लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो ।

सुरुको २५ मिनेटसम्म दुवै टोलीले सशक्त प्रदर्शन गर्दा गोल हुने अवसर जुरेन । पहिलो हाफको अन्तिम २० मिनेटमा पेप गार्डिओलाको म्यान्चेष्टर सिटीले खेल पूर्ण नियन्त्रणमा लिँदै लगातार तीन गोल थप्यो । पहिलो हाफ सकिँदा म्यान्चेष्टर सिटी ३–० को अग्रता लियो ।

केभिन डी ब्रुनले सिटीका लागि सुरुवाती गोल गरे । जोइ गोमेजले रहिम स्टर्लिङलाई घिसारेपछि सिटीले पाएको पेनाल्टीलाई स्टर्लिङले गोलमा परिणत गर्दा अग्रता २–० को भयो । मीडफिल्डर फिल फोडेनले ४५ औं मिनेटमा डी ब्रुनको पासलाई गोलमा परिणत गरे ।

६६ औँ मिनेटमा स्टर्लिङको ‘ड्राइभ’लाई एलेक्स अक्लैड चैम्बरलनले आफ्नै पोष्टमा छिराएपछि सिटीले ४–० को अग्रता लिँदै खेल आफ्नो पक्षमा पार्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *