शनिबार विभिन्न देशबाट एक हजार ८२ नेपाली स्वदेश फर्किए, बाकसमा आए १० शव

डिसी नेपाल
२० असार २०७७ १९:१०

काठमाडौँ । शनिवार विभिन्न देशबाट ७ वटा ‘उद्धार’ उडानमार्फत एक हजार ८२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई ल्याएर आएका जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १० नेपालीको शव समेत स्वदेश ल्याएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शनिबार नेपाल एयरलाइन्सका ३ वटा जहाजले उडान भरेका छन् । नेपाल एरलाइन्सको चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २४९, साउदीकै दम्मामबाट १४४  र मलेसियाको क्वलाम्पुरबाट ९६ जना नेपाली स्वदेश फर्किएका हुन् ।

नेपाली बाेकेर आएका ३ वटा जहाजमा  वैदेशिक रोजगारीमा ज्यान गुमाएका १० नेपालीको शव समेत ल्याइएको हो । नेपाल एयरलाइन्सकाे उडानमा  रियादबाट ५, र क्वलालम्पुरबाट ३ नेपालीको शव स्वदेश आइपुगेकोे हो ।

त्यस्तै शनिबार हिमालय एअरलाइन्सले पनि २ वटा उडान भरेकाे छ । हिमालय एअरलाइन्सकाे  उडानमार्फत साउदीकाे दम्माबाट १५४ र कुवेतमा समस्यामा परेका १५६ नेपाली स्वदेश फर्केका छन् । दमामबाट आएकाे जहाजले २ वटा शव ल्याएकाे हाे ।  आजै कुवेतमा आममाफी पाएका १५६ जना नेपाली पनि जजिरा एयरमार्फत काठमाडौँ आइसकेका छन् ।

त्यसैगरी आजै इजरायल र साइप्रसमा अफ्ठ्यारोेमा परेर फर्केका १२७ नेपाली काठमाडौँ आइपुगेका छन् । इजरायलका ३९ जना र साइप्रसबाट ८८ नेपाली बोकेर बिहीबार दिउँसो साइप्रसको लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको कतार एयरवेजको चार्टर्ड जहाज दोेहा हुँदै शनिबार काठमाडौँ आएको हो ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *