शनिबार विभिन्न देशबाट एक हजार ८२ नेपाली स्वदेश फर्किए, बाकसमा आए १० शव

डिसी नेपाल
२० असार २०७७ १९:१०

काठमाडौँ । शनिवार विभिन्न देशबाट ७ वटा ‘उद्धार’ उडानमार्फत एक हजार ८२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई ल्याएर आएका जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १० नेपालीको शव समेत स्वदेश ल्याएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शनिबार नेपाल एयरलाइन्सका ३ वटा जहाजले उडान भरेका छन् । नेपाल एरलाइन्सको चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २४९, साउदीकै दम्मामबाट १४४  र मलेसियाको क्वलाम्पुरबाट ९६ जना नेपाली स्वदेश फर्किएका हुन् ।

नेपाली बाेकेर आएका ३ वटा जहाजमा  वैदेशिक रोजगारीमा ज्यान गुमाएका १० नेपालीको शव समेत ल्याइएको हो । नेपाल एयरलाइन्सकाे उडानमा  रियादबाट ५, र क्वलालम्पुरबाट ३ नेपालीको शव स्वदेश आइपुगेकोे हो ।

त्यस्तै शनिबार हिमालय एअरलाइन्सले पनि २ वटा उडान भरेकाे छ । हिमालय एअरलाइन्सकाे  उडानमार्फत साउदीकाे दम्माबाट १५४ र कुवेतमा समस्यामा परेका १५६ नेपाली स्वदेश फर्केका छन् । दमामबाट आएकाे जहाजले २ वटा शव ल्याएकाे हाे ।  आजै कुवेतमा आममाफी पाएका १५६ जना नेपाली पनि जजिरा एयरमार्फत काठमाडौँ आइसकेका छन् ।

त्यसैगरी आजै इजरायल र साइप्रसमा अफ्ठ्यारोेमा परेर फर्केका १२७ नेपाली काठमाडौँ आइपुगेका छन् । इजरायलका ३९ जना र साइप्रसबाट ८८ नेपाली बोकेर बिहीबार दिउँसो साइप्रसको लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको कतार एयरवेजको चार्टर्ड जहाज दोेहा हुँदै शनिबार काठमाडौँ आएको हो ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *