प्रधानमन्त्री ओली शीतल निवासबाट फिर्ता, मन्त्रीहरुसँग छलफल गर्दै
फाइल फाेटाे।
काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग अहिले केही समयपछि छलफल गर्ने भएका छन्। भर्खर शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका प्रधामन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन्। अहिले ७ बजेपछि बालुवाटारमा छलफलका लागि मन्त्रीहरुलाई बोलाइएको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए ।
्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ। आफ्नै दल भित्रबाट राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले कस्तो कदम चाल्छन् भन्ने चासोको विषय भइरहेका बेला प्रधानमन्त्री ओलीको शीतल निवास दौड बाक्लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment