मन्त्रीहरुलाई बालुवाटार बोलाएर के भने प्रधानमन्त्री ओलीले?

डिसी नेपाल
२० असार २०७७ २१:०३

काठमाडौं। सत्तरुढ दल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उत्पन्न रानीतिक तरंगकाबीच नेताहरुको सक्रियता बढेको छ। यही असाढ १० गते शुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओली र प्रचण्ड–माधव दुबै समूह आ आफ्नो पक्षमा नतिजा ल्याउन सक्रिए भएका छन्।

शनिबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग पछिल्लो राजीतिक अवस्थाबारे परामर्श गरेका प्रधानमन्त्री ओलीले साँझ ७ बजेपछि मन्त्री र राज्यमन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका छन्। सो छलफलमा राजीनामा माग्ने समूह निकट रहेका मन्त्रीहरु पनि सहभागी थिए। साँझ ७ बजेपछि शुरु भएको छलफल ८ बजेपछि सकिएको छ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुसँग समसामयीक परिस्थितिबारे छलफल गरेको जानकारी दिएका छन्। तर, छलफलमा के भयो भन्ने विषय भने खुलाइएको छैन। उनले लेखेका छन्, ‘समसामयिक परिस्थितिका बारेमा मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउनका लागि प्रमज्यूले अहिले सांझ बैठक बोलाउनु भएको हो।’

छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको विवाद गम्भीर मोडमा पुगेको मन्त्रीहरुलाई जानकारी गराएको एकमन्त्रीले बताएका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सबैतिरबाट घेराबन्दी गर्ने काम भएको र अब जस्तोसुकै कदम पनि चाल्न सक्ने संकेत गरेका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जो जता हुनुहुन्छ उतै लाग्नुहोससमेत भनेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *