मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भनेः कित्ता क्लियर गर्नुहोस, पार्टी गम्भीर मोडमा छ

डिसी नेपाल
२० असार २०७७ २१:३३

काठमाडौं। सत्तरुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलका सदस्यहरुलाई आ आफ्नो कित्ता क्लियर गर्न भनेका छन्। आफ्नै दल भित्रबाट राजीनामा मागिएपछि दबाबमा परेका प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै कित्ता क्लियर गर्न भनेका हुन्।

बैठकमा सहभागी एकमन्त्रीले डिसी नेपालसँग भने, ‘बैठकको शुरुमा प्रधानमन्त्री ज्यू बोल्नु भयो। उहाँले पार्टी गम्भीर मोडमा पुगेका उल्लेख गर्दै राष्ट्रिपति र आफूविरुद्ध षडयन्त्र भएको बताउनु भयो।’ उनका अनुसार आफ्नै पार्टीका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध षयन्त्रमा लागेको भन्दै निकै आक्रोशित बनेका थिए। उनले तत्कालीन माओवादी र नेकपाबीच एकीकरण भएपछि पार्टीमा यति ठूलो विवाद कहिल्यै नभएको भन्दै अहिले गम्भीर अवस्था आएकोसमेत बताएका थिए। करिब आधार घण्टा बोलेका प्रधानमन्त्रीले राष्ट्र र राष्ट्रियताबारे पनि लामो कुरा गरेको ती मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले भनाई राखिसकेपछि तीनजना मन्त्रीले आ आफ्नो भनाई राखेको उनले जानकारी दिए। शुरुमा ऊर्जामन्त्री वर्षमान पुन बोलेका थिए। उनले पार्टी भित्रको विवाद ुदई अध्यक्ष मिलेर समाधान गर्नुपर्ने भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै पार्टी गम्भीर मोडमा गएको कुरा आउनु उचित नभएको बताएका थिए। उनले पार्टी एकतामै जोड दिएको उनले जानकारी दिए।

त्यसपतिबोलेका कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओली समक्ष गलत सूचना पनि पुगेको हुन सक्ने भन्दै गलत सूचनाका भरमा ठूल्ठूला निर्णय गर्न नहुने बताएका थिए। उनले राष्ट्रपतिमाथि पनि षडयन्त्र भएको प्रधानमन्त्रीको भनाईमा यो प्रसंग निकालेको जनाइएको छ।

त्यसपछि बोलेका महिला बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पार्टीमा देखिएको विवादबारे पार्टीको केन्द्रीय समितिमा छलफल हुनुपर्ने धारणा राखेका थिए।

वैठकमा सहभागीमन्त्रीका अनुसार मन्त्रीहरुको कुरासुनेपछि फेरि प्रधानमन्त्री ओलीले बोलेका थिए। सोक्रममा ओलीले सूचनाको विश्वासबारे आफू पनि जानकार रहेको भन्दै मन्त्री भुसाललाई जवाफ दिएका थिए। साथै उनले पार्टीका नेताहरुले कस्ता गतिविधि गरिरहेका छन् भनेर सबै जानकार रहेकोसमेत बताएका थिए।

मन्त्रीहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका थिए। मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो आगामी कदमबारे भने केही नबताएको ती मन्त्रीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *