व्यास जयन्तीमा सार्वजनिक बिदा

डिसी नेपाल
२१ असार २०७७ ८:५३

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाको ३२औँ नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।

गुरु पूर्णिमाको अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ। तनहुँका स्थानीय तहहरुले विभिन्न पर्व, दिवसलगायतका अवसरमा सार्वजनिक बिदाको निर्णय गर्ने गरेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *