इंग्ल्याण्डका बलिङ अलराउण्डर सैम कर्रन आइसोलेशनमा

डिसी नेपाल
२१ असार २०७७ १०:००

काठमाडौं । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्ट खेल आगामी साता सुरु हुनुभन्दा अघि इंग्ल्याण्ड क्रिकेट टोलीका बलिङ अलराउण्डर सैम कर्रन आइसोलेशनमा बसेका छन ।

ज्वरोसँगै झाडापखाला लागेपछि उनी बुधबारदेखि आइसोलेशनमा बसेका हुन । बिहिबार उनको कोरोनाभाइरस सङ्क्रमणको परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । केहि दिनपछि उनको स्वास्थ्य प्रतिवेदन आउने क्रिकइन्फोले जनाएको छ ।

आइतबार इंग्ल्याण्ड क्रिकेट टोलीका सबै सदस्यहरुको कोरोना परीक्षण गरिनेछ । वेष्टइन्डिज क्रिकेट टोलीलाई कर्रनको बिरामीबारे सूचना दिइएको छ । टोलीमा अफस्पिनर आमिर भिर्डीलाई समावेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *