वेस्टईन्डिज बिरुद्व टेस्टको लागी १३ सदस्यीय ईङल्यान्ड क्रिकेट टिमको घोषणा

डिसी नेपाल
२१ असार २०७७ १२:१८

काठमाडौं । साउथहम्पटनमा जुलाई ८ देखी सुरुहुने पहिलो टेस्टको लागी ईङल्यान्ड क्रिकेटले १३ सदस्यीय टोलीको घोषणा गरेको छ । नियमित कप्तान जो रुटले पारिवारिक समस्याका कारण नखेल्ने भएपछि उनको ठाउमा टिमका अलराउन्डर वेन स्टोक्सलाई कप्तानको जिम्मेबारी दिईएको छ ।

वर्तमान टोलीमा जेम्स एन्डरसन, जोस बटलर र स्टुअर्स ब्रोड जस्ता खेलाडीहरु रहेका कारण वेन स्टोक्सलाई कप्तानी गर्न सहज हुने विश्वास गरिएको छ । तर टिममा जोनी वेयरस्टा र मोईन अली जस्ता खेल जिताउने खेलाडीहरुलाई समावेश गरिएको छैन । टिममा मोईन अली र ज्याक लिच जस्ता खेलाडीको ठाउमा स्पिनर डाम बेसलाई स्थान दिईएको छ । बेसलाई प्रशिक्षण अवधीमा राम्रो प्रदर्शन गरेको आधारमा टिममा स्थान दिईएको हो ।

ज्याक लिचलाई रिजर्व खेलाडीहरुको सुचिमा राखिए पनि अनुभवी मोईन अली यो सुचिमा पर्न असफल रहे । कोरोना भाईरसका कारण स्थगित भएको क्रिकेट गतिबिधी पुन सुरु भएपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो । यो खेल खाली स्टेडियममा बिना दर्शक हुनेछ भने खेल दौरान बलमा थुक लगाउन पाईनछैन । साथै खेलाडीहरुले खेलको समयमा समाजिक दुरीको पालना गर्नु पर्नेछ ।

१३ सदस्यीय टोलीमा बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, जोफ्रा आर्चर, डाम बेस, स्टुअर्ट ब्राड, रोरी बर्न्स, जोस बटलर (विकेटकीपर), ज्याक क्राले, जो डेनली, ओली पोप, डाम सिबले, क्रिस वोक्स, र मार्क वुड रहेका छन ।

रिजर्व खेलाडीहरुमा जेम्स ब्रेसी, सैम कर्रन, बेन फोक्स (विकेटकीपर), डैन लोरेन्स, ज्याक लीच, साकिब महमूद, क्रेग ओवरटन, ओली रोबिनसन र ओली स्टोन रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *