कतारबाट दशौँ ‘उद्धार’ उडानमार्फत  थप १५३ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
२१ असार २०७७ १२:२६

काठमाडौँ । आइतबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी छ । आज बिहानै कतारको दोहाबाट थप १४७ नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५३ जना पुरुष स्वदेश फर्किएका हुन् ।

कतारबाट यो पहिलो चरणको दशौँ ‘उद्धार’ उडान हो ।

स्वदेश फर्किने नेपालीहरुको यात्रा सहजीकरण तथा विदाईका लागि राजदूतावासका अधिकारीहरू, एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरु दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *