जर्मन कपको उपाधी बार्यन म्युनिखलाई

डिसी नेपाल
२१ असार २०७७ १४:२८

काठमाडौं । जर्मनीको फुटबल क्लब बार्यन म्युनिखले सबैभन्दा बढी २० पटक जर्मन कपको उपाधी जित्न सफल भएको छ । शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा म्युनिखले लिवरकुसनलाई ४–२ ले पराजित गर्दे उपाधी जित्न सफल भएको हो । गत महिना मात्रै बार्यन म्युनिखले ५८ मध्ये सबैभन्दा बढी ३० औं पटक बुन्डेसलिगाको उपाधी जितेको थियो । टिमले १३ औं पटक एकै बर्षमा डबल उपाधी हात पारेको हो ।

यो हारसंगै लिवरकुसनले फाईनलमा हारको ह्याट्रिक बनाएको छ । यस अघि टिमले २००२ र २००९ को फाईनलमा पनि हारको स्वाद चाखेको थियो । साथै बार्यनले लगातार दुईपटक यो उपाधी जितेको छ । पछिल्लो फाईनलमा बार्यनले आरबि लिपजिगलाई ३–० ले पराजित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *