नेकपा विवादः केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर संकलन

डिसी नेपाल
२१ असार २०७७ १९:२५

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद भइरहेका बेला केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन शुरु भएको छ। केन्दीय सदस्य ठाकुर गैरैले पार्टीमा देखिएको विवादबारे केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गरिएको जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘पार्टीलाई एकजुट बनाउने र नेताहरुबीच देखिएको विवादबारे केन्द्रीय कमिटीमा छलफल गराउनका लागि हामीले हस्ताक्षर संकलन गरिरहेका छौं।’ उनले सोमबार दिउँसो २ बजे पार्टी अध्यक्षलाई केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाइने जानकारी दिए।

नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि विवाद चर्केको छ। विगत दुई दिन यता सहमति जुटाउनका लागि भन्दै स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। स्थायी कमिटी बैठक सोमबार बस्दै छ।

सो बैठक अघि नै सहमति जुटाउने गरी नेताहरुबीच छलफल बाक्लिएको छ। आइतबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *