मेरी बास्सैका कलाकार ‘भटभटे माइला’ले ल्याए नयाँ कमेडी भिडियो

डिसी नेपाल
२२ असार २०७७ ८:१५
8
Shares

काठमाडौँ । मेरी बास्सैका चर्चित कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ हाँस्य टेलिशृखला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन्।

भटभटे माइलाको नामले चर्चित कलाकार बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे(बिर्खे’ च्यानल मार्फत हाँस्य टेलिशृखला प्रसारण सुरु गरेको बताएका छन्।

समसामयिक विषयवस्तुमा आधारित हाँस्य टेलिशृखलाको निर्माण तथा निर्देशन भने नहकुल भट्टराईले गरेका छन्। ‘गाह्रो छ हो मलाई’ टेलिशृखलाको पहिलो भागमा घरमा स्वास्नी बाहिर प्रेमीका हुँदाको पिडा देखाउन खोजिएको छ।

उक्त हाँस्य शृखलामा राजकुमार देवकोटा, बेगम नेपाली, रियाशा दाहाल, मेलिना ठकुरी, बेगम पुन मगर, निर कुमार तामाङ, प्रशान्त भट्टराई, पुष्पराज दाहाल, कञ्चन दाईको अभिनय देख्न सकिन्छ।

यस्तो छ गाह्रो छ हो मलाईको पहिलो भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *