प्रचण्डको आग्रहमा नेकपा स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
२२ असार २०७७ १०:२५

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिबाटै निकास खोज्न सहमत भएपछि सोमबार विहान ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ। पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख हुने संकेत देखिएपछि सोमबारका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार आएपछि दाहालकै आग्रहमा स्थायी कमिटी बैठक स्थगित गरिएको स्रोतले जनाएको छ।

आइतबार पनि प्रधानमन्त्री ओली र दाहालबीच लामो छलफल भएको थियो। उक्त छलफल सकारात्मक भएपछि विवाद समाधानमा लागि ओली पक्षका दुई र दाहाल पक्षधरका दुई जना सम्मितल कार्यदल बनाइएको थियो।

प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्म जयन्तीको अवसरमा आफूलाई भारतले हटाउन खाजेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झन उत्कर्षमा पुगेको छ। दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने दबाव दिइरहेका छन् भने प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *