घरेलु मैदानमा च्याम्पियनको रूपमा लिभरपुलको पहिलो जित

डिसी नेपाल
२२ असार २०७७ १०:४६

काठमाडौं । ईङलिश प्रीमियर लिग फुटबल प्रतियोगिताको उपाधि जितेपछि लिभरपूलले पहिलो पटक घरेलु मैदान एनफिल्डमा खेल्दै आइतबार एस्टन भिल्ला माथि २–० को जित हातपार्यो । सन १९९० पछि च्याम्पियन बनेको लिभरपूलले पुन च्याम्पियन बनेर घरेलु मैदानमा खेलेको यो पहिला खेल हो । यो जितसंगै लिभरपूलले केही किर्तिमानहरु बनाउन पनि अगाडी बढेको छ ।

आईतबार भएको खेलमा लिभरपूलले सदियो माने र कुर्तिस जोन्सको गोलको मद्दतमा एनफिल्डमा लगातार १७ औं जित हातपार्यो । अब लिभरपूलले घरेलु मैदानमा सत प्रतिशत जितको किर्तिमान बनाउन बर्नले र चेल्सी बिरुद्धको खेल जित्नुपर्नेछ । लिभरपूलले अहिले पाँच खेल खेल्न बाँकी छ र ती मध्ये चार खेल जितेमा लिभरपूलले म्यानचेस्टर सिटीको २०१७–१८ को एकै सिजनमा १०० अंक प्राप्त गर्ने रेकर्डलाई पनि पछाडि पार्नेछ। लिभरपूलको हाल ३३ खेलमा ८९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *