कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

डिसी नेपाल
२२ असार २०७७ १८:०६

काठमाडौँ । खाडीमुलुक कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार ५४६ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ३ सय ४५ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै १ हजार ६ सय ९४ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै कतारमा कोराना भाइरसलाई जितेर निको हुनेको संख्या ९३ हजार ८ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले ६ हजार ३ सय १४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये गम्भिर अवस्थामा रहेका १ सय ६४ जनाको विशेष उपचार भैरहेको छ ।

हालसम्म कतारमा १ सय ३३ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । बिहीबार मात्रै ५ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयले अहिलेसम्म ३ लाख ८६ हजार १ सय ११ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छ ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन । कोरोनाबाट संक्रमित भएका धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा केही नेपालीको मृत्यु समेत भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *