फिलिपिन्समा अड्किएका नेपालीलाई १२ जुलाइमा स्वदेश ल्याइने

डिसी नेपाल
२२ असार २०७७ १९:११

काठमाडौँ । कोरोनाका कारण फिलिपिन्समा अड्किएर रहेका नेपालीहरु स्वदेश फर्कन पाउने भएका छन् । फिलिपिन्सको राजधानी मनिलाबाट स्वदेशफिर्ती उडान १२ जुलाइका लागि तय भएको क्लालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार मनिलाबाटबाट हिमालय एयरलाइन्सलेले उडान भर्नेछ ।

मनिलाबाट काठमाडौँका लागि चार्टर्ड जहाजको भाडादर ७ सय अमेरिकी डलर रहेको दूतावासले जनाएको छ ।

यसरी स्वदेश फर्किने यात्रुहरुले बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पिसिआर वा आरडिटि टेस्ट नेगेटिभ) साथमा राख्नुपर्नेछ ।यात्रुले नेपाल आइसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *