काँग्रेस महाधिवेशन फागुन ७ मै शुरु हुने, महामारीकै समयमा क्रियाशील सदस्यता वितरण गरिने

डिसी नेपाल
२२ असार २०७७ २०:१३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन यसअघि तोकिएकै मिति आगामी फागुन ७ गते नै काठमाडौंमा शुरु हुने भएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सकिएको बैठकले महाधिवेशनको मिति यथावत राख्ने निर्णय गरेको हो।

यसअघि नै महाधिवेशनको मिति तोकिए पनि कोरोना महामारीका कारण महाधिवेशनभन्दा पहिला गर्नुपर्ने काम नसकिएपछि काँग्रेस महाधिवेशन के हुने आशंका उब्जिएको थियो।

केन्द्रीय कार्यसमितिले जिल्ला अधिवेशन, पार्टी क्रियाशील सदस्यता वितरण भने यसअघि तोकेको समयभन्दा फरक मितिमा हुने भएको छ। यसअघि जेठ मशान्तमा सकिसक्नुपर्ने क्रियाशील सदस्यता वितरण कोरोनाका कारण हुन सकेको छैन। महामारीकै बीचमा क्रियाशील सदस्यको काम सक्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका प्रमुख सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *