पार्टी कुनै पनि हालतमा फुट्दैन, नेताहरु कुल डाउन देखिनु भएको छ : मन्त्री पुन

डिसी नेपाल
२२ असार २०७७ २०:३५

काठमाडौं। सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले पार्टीमा देखिएको विवाद विभाजनसम्म नजाने बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले पार्टी कुनै पनि हालतमा नफुट्ने र फुट्न नदिने बताएका छन्।

उनले भने, ‘जसले पार्टी एकीकरणको झण्डा उठाउनु भयो, उहाँबीच नै विवाद हुँदा अलि खिन्नता त भएको छ। तर यो विवाद फुटसम्म जाँदैन, जान दिँदैनौं।’ उनले पार्टीका दुई अध्यक्षहरु ‘बडी ल्याङ्ग्वोज’ ‘कुल’ देखिएको बताए।

उनले पार्टीका युवा नेताहरु पनि नेतृत्वलाई नजिक ल्याउने प्रयास गरिरहेको बताए। डिसी नेपालका सन्देश कुमार खड्कासँग कुरा गर्दै उनले भने, ‘हिजो (आइतबार) प्रधानमन्त्री ज्यूले हामी पाँचजनालाई राखेर मिल्ले ग्राउण्ड खोज्न भन्नु भयो, कुरा पनि सकरात्मक भयो। हामी मिल्ने वातावरण बनाइरहेका छौं। नेतृत्वले कहिल्यै गल्ती गर्दैन भन्ने त होइन, तर, नेकपाको एकतालाई केन्द्रमा राखेर काम गरिरहेका छौं। सरकार सञ्चालनमा भएका कमिकजोरी सच्याएर अगाडि जानुपर्छ। नेतृत्वलाई मिलेर जान भनिरहेका छौं। सबैलाई सम्मान गर्छौ। मिल्ने वातावरण बनाइरहेका छौं।’

पार्टी एकताका क्रममा भएका सहमति र सरकारका कामका विषयमा र नेताहरुको कार्य विभाजनका विषयमा पार्टीमा कुरा उठेको उनले बताए। उनले यो विषय उठ्यो भन्दैमा डराउनुपर्ने केही नभएको बताए। उनले अब नयाँ सहमतिका आधारमा पार्टीलाई एकतावद्ध बनाउने बताए।

छिमेकीसँग लड्न नचाहेको भन्दै उनले भारतले मिचेको भूमि नेपालले फिर्ता पाउनुपर्ने बताए। उनले कुटनीतिक माध्यमबाट भूमि फिर्ता ल्याउने प्राथामिकता रहेको बताए। उनले भारतीय सञ्चार माध्यमले नेपालीलाई एकतावद्ध बनाउन सहयोग पुर्याएको बताए। उनले नेपालको सरकार नेपालको संसदले बनाउने भन्दै नेपालको सरकार अरु कसैले हटाउन नसक्ने बताए। अरु देशको रुचीअनुसार नचल्ने भन्दै देशको हित र जनताको चाहानाअनुसार चल्ने बताए।

नेताहरु उत्तेजनामा आउन नहुने भन्दै शान्त भएर आफ्नो देशबारे छलफल गर्नुपर्ने बताए। देश र सीमा विषयमा सत्ता पक्ष वा विपक्षी कोही पनि नहुने भन्दै सबै एक्जुट हुने र भएको बताए। सबै मिलेर नेपालको नयाँ नक्सा जारी भएको बताए। अहिले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने सम्भावना नरहेको भन्दै तर, आइपरे नेतृत्व लिन नयाँ पुस्ता तयार रहेको बताए। तर, अहिले देखिएको पार्टीको विवादमा नयाँ पुस्ताले दावी नगर्ने बताए।

उनले पार्टीको विवाद चर्काउने गरी कसैले पनि गतिविधि गर्न नहुने बताए। उनले भने, ‘सबैलाई हामी पार्टीको विवाद चर्काउने गरी होइन, मिल्ने गरी गतिविधि गर्न अनुरोध गर्छौं।’ कोरोना र सरकार सञ्चालमा केही आएका गुनासा र कमिजोरी हटाएर सरकार अगाडि बढिरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *