प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ छलफल जारी
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा वान टु वान छलफल सुरु भएको छ।
११ बजेदेखि सुरु भएको छलफल पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीभित्रको विवादले उग्र रुप लिएको थियो।
पार्टी विभाजनको संघारमा पुगेपछि दोस्रो तहका नेता सक्रिय भएका थिए। पार्टी कार्यकर्ता पार्टी एकताको पक्षमा देखिएपछि दुई अध्यक्षलार्य सहमति गर्न दबाव बढेको छ।
यसअघि सोमबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो। दुई अध्यक्षबीच सहमति जुटाउन भन्दै जारी स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment