विदेश जान मंगलबार थप ३१५ नेपालीले लिए पुनः श्रम स्वीकृति

डिसी नेपाल
२३ असार २०७७ १८:४३

काठमाडौँ ।  वैदेशिक रोजगारीमा फर्कन मंगलबार थप ३१५ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । मंलबार २९ महिलासहित ३१५ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ।

आज पनि सबैभन्दा धेरै यूएई फर्कनेले पुनः श्रम स्वीकृति लिएका छन् । मंगलाबार यूएई जाने १२८ पुरुष र ३७ महिलाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

यसबाहेक बहराइन ३, ब्रुनाई २,ब्रुकिना फासो १, चेक रिपव्लिक २, फिनलाण्ड १, इजराइल १, जापान ६०, जोर्डन २ , कुवेत १२,मकाउ १, मलेसिया ३२, माल्दिभ्स ३, माल्टा ४, न्युजिल्याण्ड १, ओमन ६, पोल्याण्ड ३, कतार १७, दक्षिण कोरिया ३, रोमानिया १ र सिसेल्स जान २ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

सरकारले गएको बिहीबारबाट विगत ४ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरेको छ । नयाँ श्रम स्वीकृती भने अहिले दिइएको छैन ।

तर, अहिले नै विदामा नेपाल आएका नेपालीहरु पुनस् श्रम स्वीकृती लिएर सोही कम्पनीमा रोजगारीका लागि फर्कन कठिन छ । किनभने सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ । पुनः श्रम स्वीकृती लिएका केही श्रमिक भने सम्भव भएसम्म मंहगो भाडा तिरेर चार्टर्ड प्लाइटमा फर्कन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *