कतारमा आममाफी पाएका १६१ नेपाली स्वदेश फिर्ता

डिसी नेपाल
२४ असार २०७७ १६:२८

काठमाडौँ । कतारमा आममाफी पाएका १६१ नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार त्यहाँको कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका र कतारका विभिन्न क़ानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा डिटेन्सन सेन्टर (घरफिर्ती केन्द्र ) मा रहेका १६१ जना नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरु कतार एअरवेजको क्युआर ३३४६ नम्बरको उडानबाट बुधवार स्वदेश फर्किएका हुन् ।

उनीहरुको स्वदेश फिर्ताको लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग दूतावासले समन्वय र सहजिकरण गरेको थियो । यसअघि १९ जुनमा पनि आममाफी पाएका ४३ जना नेपालीहरु स्वदेश फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *