प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल शुरु
फाइल फाेटाे।
काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधान गर्ने विषयमा छलफल शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छ बजेपछि छलफल शुर भएको हो।
ओली इतर समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा विवाद छ। पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद भएको हो।
विवाद समाधान गर्ने भन्दै स्थायी कमिटी बैठक सर्दै आएको छ। बुधबार बस्ने भनिएको बैठक पनि दुई दिनका लागि सारिएको छ। विवाद समाधानका लागि ओली र प्रचण्डबीच आधा दर्जन पटक वार्ता भइसकेको छ। तर, बैठकबाट कुनै निश्कर्ष भने निश्केको छैन। तर, दुबै पक्षले वार्तालाई भने निरन्तरता दिइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment