कांग्रेस महासमिति सदस्य मल्ललाई ५ वर्षका लागि पार्टीबाट निष्काशन
काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ। कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई पार्टीबाट निस्काशन गरेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले मल्ललाई पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।’
काँग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment