विदेशबाट थप ९५६ नेपाली स्वदेश आइपुगे

डिसी नेपाल
२४ असार २०७७ १९:०३

काठमाडौँ । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका नेपाली फर्काउन बुधबार पनि ६ वटा उडान भएका छन् । आज विभिन्न एयरलाइन्सका ६ वटा उडानमार्फत ९५६ जना नेपाली स्वलेश फर्किएको त्रिभुवन अन्तराष्ट्रिय कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल एअरलाइन्सको जहाजमार्फत यूएईको दुबईबाट १५० जना र कतारको दोहाबाट १४८ जना नेपाली स्वदेश फिर्ता भएका छन् । दोहाबाट नेपाली बोकेर आएको जहाजले त्यहाँ ज्यान गुमाएका २ नेपालीको शव समेत ल्याएको छ ।

त्यस्तै आज हिमालय एयरलाइन्सले पनि २ वटा उडान भरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट १५४ जना र मलेसियाको क्वलालम्पुरबाट १५१ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै आजै मलेसियाको क्वलालम्पुरबाट १७६ जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरु मलिन्दो एयरको उडानमार्फत स्वदेश आएका हुन् ।

बुधबार नै कतार एयरवेजमार्फत दोहाबाट १७& नेपाली स्वदेश फर्किएका छन् । कतार एयरवेजको सो उडानमा आउने १६१ जना त्यहाँ आममाफी पाएका नेपाली हुन् ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। बिहीबार पनि विभिन्न देशबाट अलपत्र नेपाली फर्कदैँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *