पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न नेविसंघकाे माग

डिसी नेपाल
२४ असार २०७७ २१:२९

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेको छ । नेविसंघको टोलीले बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गरेको हो।

नेविसंघले लकडाउनको समयमा मात्र करिब तीन अर्ब नाफा कमाएको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै ५ रुपैयाँ बढाउनु उचित नहुने भन्दै निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्नसमेत भनेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने बताउँदै मूल्य कम गर्न आग्रह गरे।

निगमका कार्यकारी निर्देशक पौडेलले नेविसंघले उठाएका जायज मागलाई आफूले सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *