पोखरामा मास्क नलगाई हिँड्ने २१ जनालाई कारवाही

डिसी नेपाल
२४ असार २०७७ २२:४३

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आज मास्क नलगाई हिँड्ने २१ जनालाई नियन्त्रणमा लिएको छ ।

अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही १ सय जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

कोरोना सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो । कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण कास्कीवासी नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दूरी कायम गर्न र अनावश्यक जमघट नगर्नसमेत अनुरोध गर्दै आएको छ । यसको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *