कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ

डिसी नेपाल
२५ असार २०७७ ८:३४
4
Shares

दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा निज विकलाई जिल्ला अदालत तनहुँले विसं २०६७ कात्तिक १३ गते छ वर्ष कैद र रु ४५ हजार जरिवानाको फैसला सुनाएको थियो।

विकलाई जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको छ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीका लागि बुधबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *