सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय

डिसी नेपाल
२५ असार २०७७ २०:३८

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य ९१ हजार ९६५ र चाँदीको भाउ तोलामा २५ ले बढेर ९८० प्रतितोला कायम भएको छ।

बुधबारको तुलनमा प्रतितोला ९००ले सुनको भाउ बढेको हो । आज कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

लकडाउन (बन्दाबन्दी) र सुनको भाउ बढ्दै जानुले पछिल्लो पटक कारोबार ठप्प रहेको महासंघ महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *