चीनले दियो अस्ट्रेलियालाई धम्की

डिसी नेपाल
२५ असार २०७७ २२:२०
4
Shares

काठमाडौं । अस्ट्रेलियाले हङकङसँग संधि रोकेपछि चीनले धम्की दिएको छ। चीनको नयाँ राष्ट्रिय सुरक्षा कानून लागू भएपछि अस्ट्रेलियाले आशंका उत्पन्न गर्दै हङकङसँगको ‘प्रत्यर्पण संधि’ रोके पछि चीनले धम्की दिएकाे हाे।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चीनको नयाँ कानूनले हङकङको स्वायत्तताको आधार उल्लंघन हुने र हङकङको कानून छाँयामा पर्ने बताएका छन्।

उनले हङकङका मानिसहरुको भिसा अवधि बढाउने योजना बनाएको बताएका छन्। यस्तै हङकङको व्यवसायलाई त्यहाँ ल्याउनको लागि प्रोत्साहन गर्ने पनि उनले बताए।

तर अस्ट्रैलियाको यस्तो प्रतिक्रियाबाट चीन रिसाएको बताइएको छ। चीनले उक्त कदमलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएको छ। अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न अस्ट्रेलियासँग अपिल गर्छौं। यदी यस्तो कदम नरोकेमा यो ‘ढुङ्गा उठाएर आफ्नै खुट्टामा हाने’ जस्तै हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *