गगन थापा भन्छन्ः भारतीय मिडियाको कार्यक्रममा सहभागी नहौं
काठमाडौं। भारतीय सञ्चारमाध्यमहरुले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालमा भारतीय समाचार च्यानलहरु स्वतःस्फूर्त रुपमा बन्द गरिएका छन्।
नेपालमा भारतीय सञ्चार माध्यमको आलोचना भइरहेका बेला नेपाली काँग्रेसका नेता गगन थापाले भारतीय सञ्चारमाध्यमहरुको कार्यक्रममा सहभागी हुन नहुने बताएका छन्। उनले अबदेखि उनीहरुको कार्यक्रममा सहभागी नहौं भनेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ।
तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ। त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।
नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ।
तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा@PM_Nepalलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।— Gagan Thapa (@thapagk) July 9, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment